वेयर हाउसले १३ करोड ७५ लाखको आईपीओ ल्याउँदै

काठमाडौँ । नेपाल वेयर हाउस कम्पनीले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीको हालै सम्पन्न साधारणसभाले १३ करोड ७५ लाख रूपैयाँ बराबरका साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त साधारणसभाले कम्पनीको प्रबन्धपत्र संशोधन गरी कम्पनीको अधिकृत पुँजी ७० करोड र जारी पुँजी ६८ करोड ७५ लाख रूपैयाँ पुर्‍याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ।

कम्पनीका अध्यक्ष आनन्दकुमार अग्रवाल बगडियाले कम्पनीलाई थप विस्तार गर्ने उद्देश्यका साथ साधारण सेयर बिक्री गर्ने प्रस्ताव गरिएको जानकारी दिए।

कम्पनीले एभरेष्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कूल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुनेछ।

निम्बस ग्रप, शिखर इन्स्योरेन्स, एनएमबि बैंक, श्रीनगर एग्रो फार्म, टीएएनए इन्भेष्टमेन्ट कम्पनी, टिम भेञ्चर्सलगायतको लगानी रहेको यस कम्पनीमा थप केही व्यासायिक र वित्तीय संस्थाले १५ करोड रूपैयाँ लगानी गरिसकेका छन्।

कम्पनीले अन्न भण्डारणका अतिरिक्त वेयहाउस रिसिप्ट फाइनान्सिंग, अक्सन मार्केट सुविधा, बल्क टन्सपोटेसन र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउने छ। निर्माणधिन तीन एकाइमध्ये सुनसरीको औरावानीस्थित कार्यालयबाट आगामी दुई महिनाभित्र व्यावसायिक काम सुरु हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *