भेटेनरी एसोसिएसनद्वारा म्याराथन धावक पुरस्कृत

काठमाडौं । म्याराथन धावकहरू पुरस्कृत भएका छन् । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा काठमाडौँमा सम्पन्न दौड प्रतियोगितामा विभिन्न विधामा गरी करिब २१०० जना सहभागी भएका थिए । विजेताहरूलाई उपराष्ट्रपति नन्दबहादुर पुनले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

हाफ म्याराथन महिलातर्फ सन्तोषी श्रेष्ठले १ घण्टा १४ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय किर्तीमान कायम गरिन भने हाफ म्याराथन पुरुषतर्फ बागलुङका तिर्थ पुनले दौड १ घण्टा ३ मिनेट ४५ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरे ।

१० किमी खुल्ला दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३० मिनेट, ५९ सकेन्डमा दौड पूरा गरेका थिए भने ५ किमि (महिला खुल्ला) दौड नेपाल पुलिस क्लबकी राजपुरा पछाईले २२ मिनेट ४१ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरिन् ।

पाँच किलोमिटर पुरुष स्कूल विद्यार्थीमा प्रकाश कठायतले २१ मिनेटमा दौड सम्पन्न गरी प्रथम भए भने तीन किलोमिटर महिला स्कूल विद्यार्थीमा बन्दना बुढाले १७ मिनेट ३१ सेकेन्डमा दौड सम्पन्न गरी प्रथम स्थान हासिल गरिन् । ह्विल चेयरतर्फ प्रेमबहादुर विकले प्रथम स्थान हासिल गरेका थिए ।

हाफ म्याराथन, १० किमि खुल्ला, ५ किमि महिला, ५ किमि पुरुष स्कुल विद्यार्थी, ३ किमि महिला स्कुल विद्यार्थी र ह्विल चेयर विधामा प्रथम हुनेले क्रमशः एक लाख, ५० हजार, ३० हजार, तीस हजार, तीस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रत्येक विधाका उत्कृष्ट पाँच जना गरी ३५ जना विजेता धावकलाई कुल करबाहेक दश लाख पचास हजार रुपैयाँ बराबरको नगद पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *