सुनको मूल्य तोलामा ४ सयले घट्यो

काठमाडौँ। सुनको भाउ आइतबार केही घटेको छ ।

शुक्रबार ९४ हजार प्रतितोला रहेको सुनको भाउ आइतबार भने ४ सयले घटेर ९३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

शुक्रबार भने तोलामा १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँ प्रतितोला पुगेको थियो ।

चाँदीको मूल्यमा पनि आइतबार सामान्य गिरावट आएको छ । आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =