धनगढीमा ‘प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’ शुरू

धनगढी । कैलालीको धनगढीमा ‘प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’ शुरू भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सह आयोजनामा प्रतियोगिता शुरू भएको हो ।

प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उद्घाटन गरे । प्रतियोगिता अन्तरगत पहिलो खेल प्रदेश १ र कर्णाली प्रदेशबीच  भएकाे छ । यस्तै आजै हुने दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

पुस ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ प्रदेश र एक विभागीय गरी ८ टिमको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताए । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख र द्वितीयले ३ लाख पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *