कर्णाली प्रदेश ६ रनमै अलआउट

काठमाडौँ । शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले राम्रो सुरुवात गरेको छ। उद्घाटन खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १६० रनको फराकिलो अन्तरले हराएको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दै प्रदेश १ ले २० ओभरमा दुई विकेट गुमाएर १६६ रन बनाएको थियो । जवाफमा कर्णाली ६ रनमै अलआउट भयो ।

प्रदेश १ का लागि अलिशा खडियाले पाँच विकेट लिइन् । उनले चार ओभरमा तीन मेडेन राखेर मात्र एक रन खर्चिएकी थिइन् । त्यस्तै संगीता राईले दुई तथा शबनम राईले एक विकेट लिइन।

त्यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश एकले उच्च स्कोर तयार गरेको थियो । शून्य रनमा नै पहिलो विकेट गुमाए पनि दोस्रो विकटका लागि कप्तान रुविना क्षेत्री र अप्सरी बेगमले १ सय ६५ रनको साझेदारी गर्दै टिमलाई राम्रो लयमा पुर्‍याएका थिए।

कप्तान रुविनाले ६४ बलमा १० चौका प्रहार गर्दै ७६ रन बनाउँदा अप्सरी बेगमले ६२ बलमा पाँच चौकाको मद्दतले ६१ रनमा अविजित रहिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *