पहिलो इनिङमा अस्ट्रेलियाको ४७३ रन, इंगल्यान्डको खराब सुरुवात

काठमाडौँ । इंग्ल्यान्ड र अस्ट्रेलियाबीच जारी एसेस सिरिजको दोस्रो खेलमा अस्ट्रेलिया बलियो अवस्थामा पुगेको छ । घरेलु टोली अस्ट्रेलियाले दोस्रो दिन ४७३ रन बनाउँदै पहिलो इनिङ घोषणा गर्‍यो । जवाफमा पाहुना टोली इंग्ल्यान्ड भने खराब प्रदर्शनको शिकार भएको छ ।

खराब प्रकाशका कारण दोस्रो दिनको खेल निर्धारित समयभन्दा केहिअघि नै समाप्ति हुँदासम्म इंग्ल्यान्डले १७ रन जोड्दा २ विकेट गुमाएको छ । त्यसअघि अस्ट्रेलियाले उत्कृष्ट ब्याटिङ गर्दै पहिलो इनिङमा ९ विकेट गुमाएर ४७३ रनको विशाल स्कोर बनाएको थियो ।

अस्ट्रेलियाका लागि मार्नस लाबुस्कागनेले शतकीय इनिङ खेले । उनले १०३ रन बनाएका थिए । त्यस्तै कप्तान स्टिभ स्मिथले ९३ रन बनाउँदा एलेक्स क्यारीले पनि ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । त्यसअघि पहिलो दिन डेभिड वार्नरले ९५ रन बनाएका थिए ।

अस्ट्रेलियाका लागि मिचेल स्टर्क ३९ रनमा नटआउट रहे । त्यस्तै डेब्यू गरेका मिचेल नासिरले ३५ रन बनाए । उनी प्याट कमिन्सको स्थानमा मैदानमा उत्रिएका थिए । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक तीन विकेट लिँदा जेम्स एन्डरसनले दुई विकेट लिए ।

पहिलो इनिङमा नै फराकिलो लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड भने खराब प्रदर्शनको शिकार भयो । उसले १७ रन बनाउँदा नै दुई विकेट गुमायो । इंग्ल्यान्डका ओपनरद्वय हासी हमिद ६ र रोरी बर्नस ४ रनमा आउट भए । डेभिड मलान १ र कप्तान जो रुट ५ रनमा नटआउट रहेका छन् । अस्ट्रेलियाका लागि नासिरले डेब्यू खेलमा नै विकेटसमेत हात पारे । अर्को एक विट मिचेल स्टर्कका नाममा रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *