पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी निलम्बनमा

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई कामकाजमा रोक लगाउने निर्णय भएको छ । बोर्डको शुक्रबार साँझ बसेको बोर्ड बैठकले रेग्मीलाई कामकाजमा रोक लगाउने निर्णय गरेको हो ।
विदेशबाट त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलका कर्मचारीसँग हातपात गरेको तथा बोर्डको हितविपरीत काम गरेको अभियोग लागेका रेग्मीमाथि छानविनका लागि बोर्डले समिति गठन गर्दै उनलाई कामकाजमा रोक लगाउने निर्णय गरेको हो ।
घटनाका विषयमा अध्यक्ष गर्न बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा ३ सदस्यीय उपसमिति बोर्डले गठन गरेको छ। समितिलाई छानविनका लागि १५ दिनको म्याद दिइएको छ ।
बोर्डले बनाएको छानविन समितिले बोर्डमा प्रतिवेदन बुझाएपछि बोर्डले सीईओ रेग्मीलाई स्पष्टीकरण सोध्ने व्यवस्था छ । स्पष्टीकरणमा चित्त नबुझे र उनीबाबाट बोर्डको हितविपरीत काम हुने देखिए बोर्डले बर्खास्त समेत गर्न सक्ने छ ।
यसअघि नै उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेका थिए ।
बोर्डको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नन्दिनी थापालाई दिइएको छ।









