क्रिकेटर कारबाहीकाे सन्दर्भ:

क्यान अध्यक्ष चन्दलाई प्रधान मन्त्रीको फोन

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले क्रिकेट खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीका विषयमा चासो राख्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेका छन् ।

शुक्रबार बिहानको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीहरूमाथि गरिएको कारबाहीबारे प्रधान मन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । त्यसलगत्तै प्रधान मन्त्री देउवाले क्यान अध्यक्ष चन्दलाई फाेन गरेर जानकारी लिएका हुन् । फाेनमार्फत प्रधान मन्त्री देउवाले समस्याकाे समाधान खाेजेर मिलेर अगाडि बढ्न निर्देशन दिए ।

अध्यक्ष प्रचण्डको सचिवालयले पुष्टि गरेअनुसार प्रधान मन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच क्यानले गरेको कारबहीबारे छलफल भएकाे थियाे । स्राेतकाअनुसार प्रचण्डले कारबाहीबारे असन्तुष्टिसमेत व्यक्त गरेका थिए ।

गत मंसिर २९ गते नेपाल क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो । यसलाई कतिपयले क्यानमा भएकाे राजनीतिका कारण यसाे भएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *