पाकिस्तान र वेस्टइन्डिजको एकदिवसीय शृंखला स्थगित

काठमाडाैँ । कोरोना महामारीको असर पुन: क्रिकेटमा देखिन थालेको छ । पाकिस्तान र वेस्टइन्डिजबीच १८ डिसेम्बरबाट हुने तय भएको ३ खेलको एकदिवसीय शृंखला जुलाईसम्मका लागि स्थगित गरिएको छ ।

दुइ देशबीचको तीन खेलको टी-२० सिरिज बिहिबार सकिएको थियो । अन्तिम खेल कराँचीमा भएको थियो । तीन खेलको सिरिज पनि कराँचिमा नै हुने तालिका थियो ।

वेस्टइन्डिज टिमका अन्य पाँच सदस्यलाईपनि कोरोना पोजेटिभ देखिएपछि स्थगित गरिएको हो । कोरोना पोजेटिभ देखिएकामा शाई होप, जस्टिन ग्रिब्स तथा अकील हुसेन तथा असिस्टेन्ट प्रशिक्षक रोडी एस्टविक तथा फिजिशियन डा अक्साई मानसिंह पनि रहेका छन् ।

पाकिस्तान विरुद्धको टुर सुरु हुनु अघि वेस्ट इन्डिजका तीन खेलाडीलाई कोरोना पोजेटिभ देखिएको थियो । अहलेसम्म ९ सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । त्यसपछि वेस्टइन्डिज क्रिकेट बोर्डले सिरिज स्थगित गर्न माग गरेको थियो । जसमा पाकिस्तानी बोर्डले सहमति जनाउँदै सिरिज स्थगित गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *