घरेलु भूमिमा वेस्टइन्डिजविरुद्धको सिरिज पाकिस्तानद्वारा ‘‍क्लीन स्वीप’

काठमाडाैँ । घरेलु टोली पाकिस्तानले वेस्टइन्डिज विरुद्धको तीन खेलको टी-२० सिरिज ‘‍क्लीन स्वीप’ गरेको छ । लगातार तेस्रो जित निकलाने क्रममा पाकिस्तानले वेस्टइन्डिजलाई अन्तिम खेलमा ७ विकेटले पराजित गर्दै सिरिज ३-० ले जित्यो ।

ओपनरहरु मोहमद्ध रिजवान र बाबर अजामले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानले आफ्नो टी-२० क्रिकेट इतिहासकै सर्वाधिक ठुलो स्कोर चेज गर्दै सिरिजमा एकपछिय जित निकाल्यो । कराँचिमा भएको अन्तिम टी-२० खेलमा पाकिस्तान विरुद्ध वेस्टइन्डिजले पहिलो ब्याटिङ गर्दै २०७ रनको विशाल स्कोर तयार गरेको थियो । जवाफमा २०८ रनको लक्ष्य पाकिस्तानले ७ बल बाँकी हुँदै ३ विकेट गुमाएर पूरा गर्‍यो ।

सहज रुपमा लक्ष्य भेटाउने क्रममा पाकिस्तानका लागि ओपनर द्धय मोहमद्ध रिजवान र कप्तान बाबर अजामले उत्कृष्ट प्रदर्शन जारी राखे। रिजवानले ४५ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८७ रनको विष्फोटक इनिङ खेल्दा कप्तान तथा ओपनर अजामले पनि ५३ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ७९ रनको सानदार स्कोर तयार गरे ।

पाकिस्तानले बलियो लक्ष्यमा सहज जित दर्ता गर्दा यि दुईले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गरेका थिए । त्यस्तै आसिफ अलीले ७ बलमा २१ रन तथा इफ्तिखर अहमेद १ रनमा नटआउट रहे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले अन्तिम खेलमा बलियो लक्ष्य राखेको थियो । उसका लागि ओपनर ब्रान्डन किङले ४३ रन बनाउँदा समार्स बुकले ४९ रनको योगदान दिए। त्यस्तै कप्तान निकोलस पुरनले ३७ बलमा ६४ रनको योगदान दिंदा २०७ रनको स्कोर तयार गर्न सफल भयो । डरेन ब्राभो ३४ तथा रोभमन पोवेल ६ बलमा अविजित रहे । पाकिस्तानका मोहमद्ध वासिमले २ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *