कांग्रेस सहमहामन्त्री : दलिततर्फ मानबहादुर‚ महिलातर्फ डिना आदिवासीतर्फ भीष्मराजको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि सहमहान्त्रीतर्फको मतगणना जारी छ ।

अहिलेसम्मको मत परिणामअनुसार दलित सहमहामन्त्रीतर्फ १७८० मत गणना हुँदा मानबहादुर विश्वकर्माले अग्रता लिएका छन् भने जीवन परिवारले उनलाई पछ्याइरहेका छन् । विकले अहिलेसम्म ८३९ मत प्राप्त गरेका छन् भने परियारले ८३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सहमहामन्त्रीका अर्का प्रत्यासी गंगा सुनारले ७० मत प्राप्त गरेकी छन् ।

त्यस्तै महिलातर्फ अहिलेसम्म गणना गरिएको १५०२ मतमा महालक्ष्मी उपाध्याय डिनाले ८०६ मत प्राप्त गरेर अग्रता लिएकी छन् भने अर्की प्रत्यासी कमला पन्तले ६८३ मत प्राप्त गरेकी छन् ।

यसैगरी आदिवासीतर्फ हालसम्म ८९९ मत गणना गरिएको छ‚ जसमा भीष्मराज आङ्देवाले अग्रता लिइरहेका छन् । ताजा मतपरिणामअनुसार आङ्देवाले ५१८ मत प्राप्त गरेर अग्रता लिएका छन् भने अर्का प्रत्यासी विकास लामाले ३५७ मत प्राप्त गरी उनलाई पछ्याइरहेका छन् ।

कांग्रेसमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, खस/आर्य, अल्पसंख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट एक–एक जना गरी ८ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *