राखेप विवाद : अब कसरी हुन्छ निकास ?

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्‌मा जारी सदस्यसचिव नियुक्त विवादमा अदालतको आदेशसँगै राखेप राजनीति पेचिलो बनेको छ । अदालतले बुधबार नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङको नियुक्ति यथास्थितिमा राख्नु भन्ने अल्पकालीन आदेश दिएसँगै राखेप राजनीति नयाँ चरणमा प्रवेश गरेको हो ।

वर्तमान सरकारले नयाँ खेलकुद ऐनलाई टेक्दै गत १ कार्तिकमा तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गर्ने निर्णय गर्‍यो । त्यसको करिब एक महिना लामो समयपछि १३ मंसिरमा छनोट प्रकृयामार्फत टंकलाल घिसिङलाई नयाँ सदस्यसचिवका रुपमा नियुक्त गरेको थियो ।

सिलवाल बर्खास्तीमा परेसँगै केहि ढिलो गरी अदालत पुगेका थिए । योबीचमा अदालतमा भएको अवरोधका कारण सुनुवाइ हुन नसक्दा राखेपको मुद्दा यतिकै रहेको थियो । तर‚ बुधबार न्यायधीश हरिप्रसाद फुयालको इजालासले टंकलाललाई तत्काल काम गर्न रोक्दै दुवै पक्षलाई छलफलका लागि १२ पुसमा अदालतमा बोलाएको छ । उक्त दिन नै रमेशकुमार सिलवालाई अन्तरिम आदेश दिने नदिने तय हुनेछ ।

यद्यपि रमेश सिलवालले बुधबार बाहिरिने क्रममा आफूले काम गर्न दिनका लागि अन्तरिम आदेश पाएको बयान दिएका थिए । तर‚ अदालतले भने उनलाई तत्काल काममा फर्कन भनेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *