२६ उपसचिव सहसचिवमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । प्रशासन सेवाका २६ उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको बिहीबार बसेको बैठकले प्रशाशन सेवाका १८ उपसचिवको बढुवाका लागि लोकसेवा आयोगसमक्ष सिफारिस गरेको हो ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार कार्यसम्पादन र ज्येष्ठताका आधारमा ती उपसचिवको बढुवा हुन लागेको हो । पद्मनीति सोती, रामलाल श्रेष्ठ, कृष्ण प्रसाद तिम्सिना, हेमराज सुवेदी, हिरामणी शर्मा, सूर्य प्रसाद सेढाईँ, शिवनाथ पौडेल, रामहरी ज्ञवाली, नारायण प्रसाद शर्मा, उपेन्द्र बहादुर ढुंगाना, लालबाबु कवारी, अन्जन कुमार मिश्र, प्रेमराज गिरी, ज्ञानेन्द्र प्रसाद ढकाल, तुलसी बहादुर श्रेष्ठ, टामलाल पाण्डे र देवेन्द्र लामिछानेलाई बढुवा गर्न सिफारिस गरिएको छ।
यस्तै प्राविधिकतर्फ कार्यक्षमता तथा जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा नेपाल कृषि सेवाका ३३ जना सम्भावित उम्मेदवार ८ जनालाई उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको बढुवा सिफारिस समितिले जनाएको छ ।










