पुष १ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. पुष ०१, २०७८ । ई.सं. १६ डिसेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलाथ्व । राक्षस, दक्षिणायन, हेमन्त । बिहीबार मार्ग शुक्लपक्ष । तिथि- त्रयोदशी, २८:५१ बजे उप्रान्त चतुर्दशी । नक्षत्र- भरणी, ९:०४ बजे उप्रान्त कृत्तिका । योग- शिव, ९:२१ बजे उप्रान्त सिद्ध । करण- कौलव १५:५४ बजेदेखि तैतिल, २८:५१ बजे उप्रान्त वव । चन्द्रराशि मेष । आनन्दादि योग पद्म । दिनमान २५।५१ । सूर्योदय ६:४९ । सूर्यास्त १७:०९ । पौष संक्रान्ति,प्रदोषव्रत
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वादिष्ट भोजन पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ कार्यको योजना पनि बन्ला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज घरायसी समस्या बढ्नेछ । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले दिएको वचन फर्न सक्छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समाजसेवामा र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बलीले काम बन्न सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । मानसिक चिन्ता पनि बढ्न सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आफन्तले सहयोग गर्नेछन् । नयाँ कार्यको योजना बन्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनमा शान्ति छाउनेछ र आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पुरानो र आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । सन्तान सुख पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
–हाम्रो पात्रो/नेपाली पात्रोबाट








