पूर्वाधार विकास नीतिमा नेपाल स्पष्ट हुनु आवश्यक : सरोकारवाला

काठमाडौँ। नेपाल सरकार पुर्वाधार विकासको नीतिमा स्पष्ट हुन जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनर इन्क (पिइ आइ) ले संयुक्त रुपमा आयोजना गरेको पुर्वाधार बहसको छैठौँ सँस्करणमा सरोकारवालाहरुले नेपालका नीति नीर्माताहरुले पुर्वाधार क्षेत्रको विकासका लागि स्पष्ट नीति र त्यसको कार्यान्वयनको कमजोरीका कारण पुर्वाधारको क्षेत्रमा विकास हुन नसकेको बताएका हुन् ।

एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष बिन्दू लोहनीले नेपालले कुन क्षेत्रमा कस्तो प्रकारको सहायता लिने भन्ने विषयमा स्पष्ट हुनु जरुरी रहेको बताउँदै जिडिपीको आाधारमा नेपालमा बैदेशिक लगानी जम्मा ३ प्रतिशत रहेको र सो दक्षिण एसियामा नै सवैभन्दा कम रहेको बताए ।
त्यस्तै पूर्वाधार विज्ञ सुर्यराज आचार्यले आर्थिक सामाजिक क्षेत्रको महत्वपुर्ण क्षेत्र पूर्वाधार रहेपनि यसको विकासको लागि नेपालको नीति नै नरहेको स्पष्ट पारे ।

‘लथालिंग भएको क्षेत्र पुर्वाधार हो,’ उनले भने, ‘पूर्वाधारको विषयमा नीतिगत स्पष्टता छैन, योजना विनाका आयोजनाहरु टिपेर भौतिक विकास गरिरहेका छौ भन्ने सोचमा सरकार रमाइरहेको छ । पञ्चायतको समयमा राज्यप्रणालीमा पूर्वाधार विकासले आकार लिन लागेको थियो । तर बहुदल आएपछि लथालिंग भयो ।’

पूर्वाधारको क्षेत्रमा नीतिगत स्पष्टता भएमा वित्तिय लगानीको लागि समस्या नहुने उनको दावी छ ।

त्यस्तैगरी पुर्व मुख्यसचिव डा. विमल कोइरालाले विदेशी दाताहरुको स्वार्थ र शर्तएको चेपुवामा नेपालमा विदेशी लगानी भित्रिरहेको स्पष्ट पार्दै हरेक दाताहरुको स्वार्थ भए पनि नेपालको तर्फबाट गरिने सम्झौतामा देशको हितको पक्ष बढी हुनुपर्ने बताए ।

उनले भने, ‘विदेशी लगानी उनीहरुको स्वार्थ र शर्तको चेपुवामा हुने गरेको छ, । नेपालले पनि मास्टरप्लान दिन नसकेका कारण उल्लेख्य रुपमा लगानी बढ्न नसकेको हो । त्यसका लागि हामी आफैँको पनि बार्गेनिङ पावर बढाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *