प्रधान न्यायाधीशबिनै बस्यो सर्वोच्चको पूर्ण इजलास, उच्च र जिल्ला अदलतमा पनि गोला प्रणाली

काठमाडौँ । सर्वोच्च अदतलतको पूर्ण बैठक (फुलकोर्ट)ले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराबिनै बुधबार बसेको पूर्णबैठकले उच्च अदालत र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

‘उच्च र जिल्ला अदालतमा माघ २ गतेबाट गोला प्रणालीबाट पेसी तोक्ने र त्यसका लागि कानुनी व्यवस्था गर्न पूर्ण इजलासले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ‚’ उनले भने ।

जिल्ला अदालत नियमावली, २०७५ र उच्च अदालत नियमावली, २०७५ मा गोला प्रक्रियाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न आवश्यक पर्ने संशोधन प्रस्ताव पेश गर्न फूलकोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको पनि उनले बताए ।

आफूसँगको इजलास सहकर्मी न्यायाधीशहरूले बहिष्कार गरेपछि पछिल्लो समय प्रधान न्यायाधीश जबरा फुलकोर्टमा उपस्थित हुने गरेका छैनन् । तर‚ उनले फुलकोर्टको निर्णयमा हस्ताक्षर गरेर कार्यान्वयनको बाटो खोल्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *