पाकिस्तानले जित्यो वेस्टइन्डिज विरुद्धको टी-ट्वेन्टी सिरिज 

काठमाडाैँ । घरेलु टोली पाकिस्तानले वेस्टइन्डिज विरुद्धको तीन खेलको टी-२० सिरिज एक खेल बाँकी हुँदै जितेको छ । पाहुना टोली वेस्टइन्डिजलाई मंगलबार ९ रनले पराजित गर्दै पाकिस्तानले सिरिज २-० ले जित्यो ।

कराचीमा मंगलबार राति भएको दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजलाई ९ रनले हराउँदै पाकिस्तानले लगातार दोस्रो खेलमा जित निकाल्यो । यसअघि पहिलो टी-२० सिरिजपनि पाकिस्तानले सहज रुपमा जित निकाल्दै अग्रता बनाएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । जवाफमा १७३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज २० ओभरमा अलआउट हुँदै १ सय ६३ रन मात्रै जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ब्राण्डन किङले ६७ रनको अर्धशतकीय इनिङ्स खेले भने रोमारियो शेफर्डले अविजित ३५ रन जोड्दा कप्तान निकोलस पुरनले २६ रन बनाए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए । यस्तै मोहमद नवाज, मोहमद  वासिम र हरिस राउफले २-२ विकेट लिए ।

यस अघि पहिलो ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। पाकिस्तानका लागि इफ्तिखर अहमेदले ३२ रन जोड्दा हइदर अलीले ३१ रन बनाए । त्यस्तै शादब खानले २८ रनमा अविजित रहँदा फखर जमान १० रनमा आउट भए । वेस्ट इन्डिजका ओडीएन स्मिथले २ विकेट लिए ।

अन्तिम टी-२० बिहीबार कराचीमा हुँदै छ । त्यसपछि यी दुई टीम बिच ३ खेलको एकदिवसिय सिरिज खेल्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *