बाढीपहिरोले क्षतिग्रस्त मेलम्चीको मुहान पुनः सडक सञ्जालसँग जोडियो

काठमाडौँ । बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहानसम्म सडक मर्मत गरिएको छ । गत असार १ र साउन १७ गते आएको बाढीपहिरोका कारण सडक र पुल बगाउँदा मेलम्चीको मुहान सडकमार्गबाट सम्पर्क विच्छेद भएको थियो ।

बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँचवटा पुल बगाएको थियो । मेलम्ची बजारदेखि मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । यसअघि सडकमार्ग भएर आयोजना स्थलसम्म पुग्न नसक्दा आयोजनाको मुहान, हेड वक्र्स र सुरुङमा पुगेको क्षतिबारे यकिन हुन सकेको थिएन ।

अब सहज रूपमा आयोजनाको क्षतिबारे अध्ययन गरी पुनर्निर्माणको काम सुरु गर्न सकिने आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण तथा उपत्यकामा मेलम्चीको पुनः पानी ल्याउने गरी विस्तृत कार्ययोजना तयार गरी खानेपानी मन्त्रालयमा बुझाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *