कारागारमा साथीलाई भेट्न पुगेका युवक लागुऔषधसहित पक्राउ

धनगढी । जिल्ला कारागार कैलालीमा साथीलाई भेट्न गएका एक युवक उल्टै फक्राउ परेका छन् । लागुऔषध मुद्दामा कारागारमा रहेका साथीलाई भेट्न पुगेका धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीका २४ वर्षीय उत्तम सिंह पक्राउ परेका हुन् ।

गेटमा चेकजाँच गर्दा उनको साथबाट १ सय ८० मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला परेपछि उनलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

उनी लागुऔषध मुद्दामा कारागारमा रहेका सिद्धार्थ बडेलालाई भेट्न भनेर कारागार पुगेका थिए । उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर लागुऔषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =