ठगी मुद्दाको फरार प्रतिवादी सात वर्षपछि पक्राउ

धनगगढी । कैलाली प्रहरीले ठगी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई सात वर्षपछि पक्राउ गरेको छ ।

ठगी मुद्दामा फरार रहेका कैलालीको गोदावरी नगरपालिका ११ का ५६ वर्षीय पदमबहादुर बडैलालाई लुकिछिपी बसेको अवस्थामा घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०७१ जेठ २५ गतेको फैसलाले उनलाई १ महिना कैद र ७६ हजार रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ गरेपछि प्रहरीले उनलाई कैलाली जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 8 =