२६४ संक्रमित थपिँदा निको हुनेको संख्या ३६२

काठमाडौँ । नेपालमा मंगलबार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ३ सय ९२ पीसीआर परीक्षणका क्रममा २२९ जना र ४ हजार ३१७ एन्टीजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ६०९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ३ सय ६२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार ५ सय १६ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५ हजार ६ सय ८९ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *