बलिउडमा फैलिँदै ओमिक्रोन सङ्क्रमण

एजेन्सी । बलिउड अभिनेत्री करिना कपूर खान र अमृता अरोरापछि अभिनेता सञ्जय कपूरकी पत्नी महीप कपूर र सोहेल खानकी पत्नी सीमा खानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार महिप कपुरमा सामान्य लक्षणहरू देखिएका छन् । उनलाई रुघाखोकी सँगै ज्वरो आएको छ । उनले आफूलाई आइसोलेसनमा राखेकी छन् । साथै, महीपले पछिल्ला केही दिनमा उनको सम्पर्कमा आएका सबैलाई आफ्नो कोभिड परीक्षण गराउन अपिल गरेकी छन् ।

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसन (बिएमसी) ले करिनाको घर सिल गरेको छ । बीएमसीले करीना र अमृताको सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अपील समेत गरेको छ । बीएमसी अधिकारीहरूले ती सबै व्यक्तिहरूलाई सम्पर्कमा ल्याउने प्रयास समेत गरिरहेका छन् । तर‚ अभिनेत्रीहरूले बीएमसीलाई पूर्ण जानकारी दिएका छैनन् । करिनाले आफ्नो सामाजिक सञ्जाल स्टोरीमा एक पोस्ट सेयर गरेर आफूलाई सङ्क्रमण भएको पुष्टि गरेकी थिइन् ।

पोस्ट सेयर गर्दै करीना कपूरले लेखेकी छिन्, ‘मेरो कोभिड-१९ परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । मैले आफूलाई आइसोलेसनमा राखेको छु र सबै स्वास्थ्य मापदण्ड पालना गरिरहेकी छु । म आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गर्छु । मेरो परिवार र कामदार सबैले दुवै डोज खोप लगाएका छन् । उनीहरूमा अहिले सङ्क्रमणको लक्षण देखिएको छैन । म पनि केही सहज महसुस गर्दैछु । म छिट्टै पूर्ण रूपमा ठिक हुनेछु ।’

यसपछि अमृता अरोराले पनि आफूलाई आइसोलेट गरेकी छन् । करिना र अमृता कोरोना सङ्क्रमण फैल्याउने मानिस बन्न सक्ने बताइएको छ । किनभने पछिल्ला केही दिनमा दुवै अभिनेत्री बलिउडका धेरै पार्टीहरूमा देखिएका थिए ।

करीना कपुरले डिसेम्बर ७ मा आफ्ना महिला साथीहरूसँग पार्टी गरेकी थिइन् । उनको यो पार्टीमा करिश्मा कपुर  र मलाइका अरोरा पनि थिए । त्यस्तै अनिल कपूरकी छोरी रिया कपूरको प्रि-क्रिसमस पार्टी थियो, जसमा करिश्मा कपूर, मलाइका अरोरा, अर्जुन कपूर, मसाबा गुप्ता पनि उपस्थित थिए । यस पार्टीका अलावा करीना र अमृता करन जोहरको पार्टीमा पनि गएका थिए ।

करनको पार्टीमा अर्जुन कपुर, आलिया भट्टलगायत धेरै सेलिब्रेटी सहभागी भएका थिए । अब महीप कपुर र सीमा खान पनि कोरोना पोजेटिभ भएकाले उनीहरू दुवै पनि यस पार्टीमा सामेल भएको आशङ्का चलिरहेको छ । जसका कारण पार्टीमा भएका गर्ने अन्य सेलिब्रेटीहरु पनि कोरोनाको खतरामा परेका छन् ।

मुम्बईसहित पूरै महाराष्ट्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको खतरा छ । पूरै देशको तुलनामा महाराष्ट्रमा सबैभन्दा बढी ओमिक्रोन सङ्क्रमित देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *