च्याम्पियन्स लिगको प्रि-क्वाटर फाइनलमै रोनाल्डो र मेस्सी भिड्ने

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा नै खेल्ने भएका छन् । यसको मतलब चीर प्रतिद्वन्द्वी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो फरक क्लबबाट पहिलो पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

स्विट्जरल्यान्डको नियोनमा मंगलबार सार्वजनिक भएको ‘ड्र’अनुसार समूह ‘एफ’को विजेता म्यानचेस्टर युनाइटेडले समूह ‘ए’को उपविजेता पीएसजी प्रतिद्वन्द्वी पाएको हो ।

यस्तै साविक विजेता चेल्सीले फ्रान्सेली क्लब लिलसँग खेल्दा च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडले पोर्चुगिज क्लब बेन्फिकाको सामना गर्नेछ ।

त्यस्तै इंग्लिस क्लब लिभरपुलले अस्ट्रियन क्लब साल्जवर्गसँग र इंग्लिस जाइन्ट म्यान्चेस्टर सिटीले स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ । जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड प्रतिद्वन्द्वी पाएको छ भने इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग र इटालियन क्लब इन्टर मिलानले डच क्लब आयाक्ससँग खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *