संसद् बैठक बस्दै, ६ अध्यादेश पेस हुँदै

बैठक अवरुद्ध गर्ने एमलेकाे संकेत

काठमाडौँ । मंगलबार (भोलि) संसद् बैठक बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक भोलिका दिउँसो २ बजे बस्दैछ । बैठकको कार्यसूचीसमेत संसद् सचिवालयले जारी गरेको छ । कार्यसूचीअनुसार भोलि बैठकमा ६ वटा अध्यादेश पेस हुँदैछ ।

गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले ६ वटा अध्यादेश पेस गर्दैछन् ।

यता प्रमुख प्रतिपक्ष दल एमालेले भने संसद् अवरुद्ध गर्ने संकेत गरेको छ । एमाले संसदीय दलका नेता एवम् अध्यक्ष केपी शर्मा ओलीले एमालेले कारबाही गरेको सांसदहरूलाई संसद्‌मा राखेर बैठक चल्न नसक्ने बताएका छन् ।

एमालेले माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादीका सांसदहरूलाई गैरसांसद भन्दै आएकाे छ ।  यसअघिकाे अधिवेशनकाे सबै बैठक एमालेले अवरुद्ध गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *