३३७ निको हुँदा २५९ संक्रमित थपिए

काठमाडौं । नेपालमा शुक्रबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ४७२ पीसीआर परीक्षणका क्रममा २३२ जना र ४ हजार १५ जनामा गरिएको एन्टीजेन परीक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ५ सय १४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ५ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै ३ सय ३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ हजार २ सय ३७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ९ सय ९७ जना सक्रिय संक्रमित आइशोलेशनमा रहदा ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *