दोस्रो इनिङमा  सम्हालियो इंग्ल्यान्ड

काठमाडौँ । अस्ट्रेलियामा जारी एसेस सिरिजको पहिलो खेलको दोस्रो इनिङमा इंग्ल्यान्ड केही सम्हालिएको छ । तेस्रो दिनको खेलको समाप्तिमा इंग्ल्यान्ड २ विकेट गुमाएर २२० रन बनाएको छ । यस अवस्थामा इंग्ल्यान्ड अझै ५८ रनले पछि छ ।

तेस्रो दिन अस्ट्रेलिया ४२५ रनमा समेटिएपछि जवाफी इनिङ सुरु गरेको इंग्ल्यान्डका कप्तान जो रुट र डेभिड मलानले राम्रो प्रदर्शन गर्दा पाहुना टोली लयमा देखिएको हो ।

दोस्रो इनिङ सुरु गरेको इंग्ल्यान्डका लागि ओपनर हसिब हमिद २७ तथा रोरी बर्नस १३ रनमा आउट भएपछि क्रिजमा आएका डेभिड मलान र जो रुटले तेस्रो विकेटका लागि १५९ रनको अविजित साझेदारी गरिरहेका छन् । मलान ८० र कप्तान जो रुटले ८६ रनमा अविजित छन् ।

अस्ट्रेलियाका मिचेल स्टर्रक र प्याट कमिन्सले समान १-१ विकेट लिएका छन् ।

त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा उच्च स्कोर बनाउने क्रममा उसका लागि ट्राभिस हेडले १५२ रन बनाए । त्यसअघि ओपनर डेभिड वार्नरले ९४ रन बनाउँदा मार्नुस लाबुसेनले ७४ रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *