हेडको शतकमा अस्ट्रेलियाको गतिलो सुरुवात

काठमाडौँ । घरेलु टोली अस्ट्रेलियाले एसेस सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा गतिलो सुरुवात गरेको छ । पाहुना टोलि इंग्ल्यान्ड विरुद्ध पहिलो इनिङको दोस्रो दिननै अस्ट्रेलियाले १९६ रनको अग्रता बनाएको छ । पहिलो दिन इंग्ल्यान्डलाई १४७ रनमै समेटेको घरेलु टोलीले दोस्रो दिनको समाप्तीमा ७ विकेट गुमाएर ३४३ रन बनाएको छ ।

अस्ट्रेलियाको ठूलो योगफलमा मध्यक्रमका ब्याट्सम्यान ट्रविस हेडले शतकीय इनिङ खेलेका छन् । बायाँ हाते ब्याटर हेडले ९५ बलमा १२ चौका र २ छक्कासहित १ सय १२ रन बनाएर अबिजित रहँदा घरेलु टोलि बलियो अबस्थामा पुगेको हो । उनलाई मिचेले स्टार्कले १० रनमा साथ दिइरहेका छन् । हेडले ८५ बलमै शतक प्रहार गरेका थिए । टेस्ट करिअरमा हेडको यो तेस्रो तथा एसेसमा पहिलो शतक हो । हेडको सतक एसेसमा तेस्रो छिटो शतकका रुपमा रह्यो ।

अस्ट्रेलियालाई ओपनर डेविड वार्नरले सानदार सुरुवात दिएका थिए । उनले १ सय ७६ बलमा ११ चौका र २ छक्कासहित ९४ रन बनाए । दोस्रो विकेटका लागि वार्नर र मार्नस लाबुसेनले १ सय ५६ रनको साझेदारी गरेपछि इंग्ल्यान्डलाई दबाब शुरुदेखि नै परेको हो । लाबुसेन ७४ रनमा आउट भए । तर, मध्यक्रममा लगातारजसो विकेट पतन गराउन सफल भएपछि इंग्ल्यान्डका बलरलाई केही राहत मिलेको थियो । तर हेड क्रिजमा डटेर लागेपछि अस्ट्रेलिया लयमा देखियो ।

ब्रिसबेनमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड पहिलो दिन नै मात्र १ सय ४७ रनमा अलआउट भएको थियो । उसका लागि जोस बटलरले ५८ बलमा सर्वाधिक ३९ रन बनाउनु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =