बराबरीमा रोकिएसँगै पुलिसले गुमाएको मौका

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस र हिमालयन शेर्पाले अंक बाँडेका छन् । दुबै टीमले १-१ गोलको बराबरी खेलेका हुन् । बराबरीका कारण पुलिसले शिर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्ने मौका चुकाएको छ ।

दशरथ रंगशालामा भएको खेलमा हिमालय शेर्पाले पहिलो मिनेटमै लिएको अग्रता जोगाउन सकेन । शेर्पाका कप्तान विश्वास श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पछि परेपछि खेलमा फर्कन पुलिसले लगातार प्रयास गरेको थियो । २४ औँ मिनेटमा भरत शाहले पेनाल्टी बक्समा पाएको सुन्दर अवसरलाई खेर फाले । ६० औँ मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । पुलिसका लागि रवि पासवानको पासमा सुमन लामाले गोल गरे ।

बराबरीपछि पुलिस तीन खेलबाट पाँच अंक बनाँउदै पाँचौ स्थानमा उक्लिएको छ । जितविहिन रहेको शेर्पाको दुई अंक छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *