सुध्रिँदै काेराेना ग्राफ : २८० संक्रमित थपिँदा ३६६ जना निको

काठमाडौं । नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १ सय ६८ पीसीआर परीक्षणका क्रममा २ सय ५५ जना र ३ हजार ६ एन्टीजेन परीक्षणका क्रममा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ४४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

थप ३ सय ६६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार ५ सय ७१ संक्रमित निकोे भएका छन् । हाल नेपालमा ६ हजार २ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *