बिग बासमा सन्दीपको कसिलो बलिङ

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगमा राम्रो सुरुवात गरेका छन् । होबार्ट हुरिकेन्स टिमबाट बिग बास खेलिरहेका सन्दीपले पहिलो खेलमै सिड्नी सिक्सर्सविरुद्ध राम्रो प्रदर्शन गरेका हुन् ।

आफ्नो पहिलो खेलमा सन्दीपले ४ ओभरमा २४ रन खर्चेर एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको सिड्नीले हरिकेन्सलाई १४५ रनको लक्ष्य दिएको छ ।

होबार्टले सन्दीपलाई सातौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले पहिलो ओभरमा तीन रन खर्चिदै कसिलो सुरुवात गरे । उनले नवौं ओभरमा तीन रन खर्चेर एक विकेट लिए ।

सन्दीपले ११ औं ओभरमा ७ रन खर्चिए । त्यसपछि १३ औं ओभरमा सन्दीपले दुई चौका सहित ११ रन खर्चिए। उनको यो ओभर तुलनात्मक रुपमा मँहगो सावित भयो । समग्रमा सन्दीपले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *