एसेस सिरज : इंग्ल्यान्ड १४७ रनमै अलआउट

काठमाडौँ । बुधबारबाट अस्ट्रेलियाको बृसबेनमा सुरू भएको एसेस सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले खराब सुरुवात गरेको छ । पाहुना टोली इंग्ल्यान्ड पहिलो इनिङ सुरू गरेको पहिलो दिनमा नै १४७ रनमा अलआउट भएको हो ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले ५ विकेट लिए । ६४ वर्षपछि अस्ट्रेलियाको कप्तान बन्ने पहिलो बलर बनेका उनी कप्तानी इनिङ खेल्न सफल भए । कमिन्सले १३.३ ओभरमा ३८ रन दिएर ५ विकेट लिए । मिचेल स्टार्क र जोस हेजलवुडले २-२ र क्यामरुन ग्रीनले १ विकेट लिए । नाथन लियोन भने विकेट विहिन बने उनी ४०० विकेट पुरा गर्न १ विकेटले पछि छन्।

इंग्ल्यान्डको तर्फबाट विकेटकिपर ब्याटस्मायन जोस बटलरले सर्बाधिक ३९ र ओली पोपले ३५ रन बनाए । इंग्ल्यान्डका तीन खेलाडी शून्य रनमा आउट भए । थप दोहोरो स्कोरका रुपमा ओपनर हासिव हमिदले २५ र क्रिस वोक्सले २१ रनको योगदान दिए।

के हो एसेस

अस्ट्रेलिया र इंग्ल्यान्डबीचको वर्षौ पुरानो टेस्ट क्रिकेट सिरिजलाई एसेसको नामले चिनिन्छ। क्रिकेटमा ‘दुश्मन’ मानिने अस्ट्रेलिया र इंग्ल्यान्डबीचको सिरिजको नाम एसेस ब्रिटिस मिडियाले राखेका हुन् ।

१८८२ मा भएको टेस्ट सिरिजमा पहिलो पटक अस्ट्रेलियाले ओभल मैदानमा इंग्ल्यान्डलाई पराजित गरेपछि इंग्लिस समर्थकहरु यति धेरै आक्रोशित भएकी तत्कालीन समयमा खेलाडीलाई सुरक्षाका लागि प्रहरीको व्यवस्था गर्नुपरेको थियो । इंग्लिस अखबार ‘द स्पोर्टिङ टाइम्स’ले ‘इंग्ल्यान्डमा क्रिकेटको मृत्यु भएको छ र त्यसको चिता जलाएर अस्ट्रेलियन क्रिकेट टिमले खरानी (एसेस) आफ्नो साथमा लिएर गएको छ ।’ त्यसपछि सिरिजको नामनै एसेस रहन गएको दाबी गरिन्छ ।

१८८२ यता एसेस सिरिजमा इंग्ल्यान्ड र अस्ट्रेलिया ३३९ पटक एक आपसमा खेलेका छन् । जसमा अस्ट्रेलिया १३६ पटक र इंग्ल्यान्ड १०८ पटक विजयी भएको छ । ९१ खेल बराबरीमा सकिएका छन् । १३७ वर्षे एसेस इतिहासमा कुल ७१ सिरिज भएका छन् । जसमा ३३ पटक अस्ट्रेलियाले र इंग्ल्यान्डले ३२ पटक सिरिज जितेका छन् । अस्ट्रेलियामा कुल १६७ र इंग्ल्यान्डमा १६८ खेल भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *