इन्टर मिलानलाई हराउँदै रियल समूह विजेता

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गर्दै समूह विजेता बनेको छ। समूह डी मा समूह विजेताको लडाइमा भएको स्पर्धामा १३ पटकको युरोपियन च्याम्पियन रियलले सहज जित निकाल्यो।

खेलको दोस्रो हाफमा १० खेलाडीमा सीमित इन्टर मिलान भने पराजयका बाबजुद समूह उपविजेताका रूपमा नकआउटमा प्रवेश गर्‍यो। रियल १५ अङ्कका साथ समूह विजेता बन्दा इन्टरले १० अङ्कका साथमा दोस्रो स्थानमा रह्यो।

रियलको जितमा टोनी क्रसले १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसपछि अधिकांश समय गोलरहित भए पनि इटालियन क्लब ६४ औँ मिनेटमा १० खेलाडीमा सीमित भयो। बरेला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबाबमा परेको थियो।

रियलले ७९ औँ मिनेटमा असेनसियोको गोलमार्फत् ७९ औँ मिनेटमा अग्रता दोब्बर बनायो। समूह चरणबाटै बाहिरिएका शख्तर डोनेस्क र सेररिफ टिरसपोलले भने १-१ गोलको बराबरी खेले।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *