मेस्सी र एमबाप्पे चम्कँदा पीएसजीको सहज जित

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्लब ब्रुगलाई पराजित गरेको छ । गएराती सम्पन्न समूह ए अन्तर्गतको खेलमा पीएसजीले क्लब ब्रुगलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा लियोनेल मेस्सी र किलियन एम्बाप्पेले २-२ गोल गरेका थिए । एम्बाप्पेले खेलको दोस्रो र सातौँ मिनेटमा गोल गरेका थिए भने मेस्सीले खेलको ३८औँ र ७६औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै क्लब ब्रुगका लागि एक गोल माट्स रिट्सले गरेका थिए । यो जितसँगै पीएसजी समूह ए मा दोस्रो हुँदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । पीएसजीको ६ खेलमा ११ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *