लिभरपुलले शतप्रतिशत जित निकाल्दा एट्लेटिको नकआउट चरणमा

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा लिभरपुलले शतप्रतिशत जित निकाल्दा अन्तिम खेलमा एट्लेटिको म्याड्रिडले पनि नकआउट चरणमा स्थान बनाएको छ । समूहका सबै  ६ खेलमा जित निकालेसँगै लिभरपुल समूह चरणको सबै खेल जित्ने पहिलो इंग्लिस क्लब बनेको छ।

समूह ‘बी’ अन्तर्गत जित्नै पर्ने खेलमा एट्लेटिकोले पोर्टोलाई ३-१ ले पाखा लगायो। समूहमा अपराजित रहने क्रममा लिभरपुलले भने एसी मिलानलाई २-१ ले हरायो । इटालीमा प्रशिक्षक जर्गेन क्लोपले ८ खेलाडी परिवर्तन गरेका थिए । यस अघिनै लिभरपुल समूह विजेताका रूपमा नकआउटमा स्थान बनाइसकेको थियो।

तर सिरी ए विजेता मिलान भने पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो। नकआउटमा स्थानको सम्भावनाका लागि जित्न नै पर्ने खेलमा मिलानले टोमोरीको गोलबाट २९ औँ मिनेटमा अग्रता लिए पनि  मोहम्मद सलाहले ३६ औँ मिनेटमा मिनेटमा खेल बराबरीमा ल्याए। लिभरपुलका लागि ओरिगोले ५५ औँ मिनेटमा विजयी गोल गरे।

अन्तिम खेलमा एट्लेटीको म्याड्रीले ५ अंक बनाएर नकआउट आशा बनाएको पोर्टोलाई २-१ ले पराजित गरेसँगै ७ अंकका साथ नकआउटमा पुग्न सफल रह्यो। विवादास्पद बनेको खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए। खेलमा ९० मिनेट पछि तीन गोल भएको थियो। यद्यपि सुरुवाती अग्रता बने ग्रिजम्यानको गोलमार्फत एट्लेटिकोले ५६ औँ मिनेटमा लिएको थियो।

तर कारस्कोले ५६ औँ मिनेटमा रातो कार्ड खाँदा एट्लेटिको १० खेलाडीमा समेटियो। तर ७० र ७५ औँ मिनेटमा पोर्टोका वेन्डेल र मारचेसिन रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा पोर्टो ९ खेलाडीमा सीमित भयो।

खेलमा दोस्रो गोल ग्रिजम्यानकै पासलामा जोकिन कोरीले ९०  औँ मिनेटमा गरे। लगतै अतिरिक्त समयमा डे पउलले टीमका लागि तेस्रो गोल गर्दा अतिरिक्त समयकै पेनाल्टीमा ओलिभेराले गोल गर्दा पोर्टो १ गोल फर्काउन सफल भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *