रोमाञ्चक खेलमा एभर्टनद्वारा आर्सनल पराजित

काठमाडाैँ । सुरुवाती अग्रताका बाबजुद आर्सनल एभरटनसँग पराजित भएको छ । डेमाराइ ग्रेइजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि एभरटनले आर्सनललाई २-१ ले पराजित गरेको छ । एभरटनले प्रिमियर लिगमा ९ खेलपछि जित निकालेको हो ।

खेलको सुरुवातमा आर्सनलले मार्टिन ओडेगार्डको गोलबाट आर्सनलले पहिलो हाफको अतिरिक्त समयमा अग्रता लिएको थियो । तर निर्धारित समयको ११ मिनेट बाँकी हुँदा रिचारलिसनले बराबरी गोल फर्काएका थिए ।

त्यसो त रिचारलिसनको दुई गोलले भिएआरको सहयोगमा मान्यता पाएको थिएन । जितसँगै एभरटन १८ लिग अंक तालकाको १२ औ स्थानमा उक्लिएको छ । आर्सनलको भने २३ अंकका साथ सातौँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *