नेपाली युवकको कतारमा हत्या

रोल्पा । वैदेशिक रोजगारमा कतार गएका एक नेपाली युवकको हत्या भएको छ । रोल्पा लुंग्री गाउँपालिका-५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको हत्या भएको परिवारले जनाएको छ ।

गत कात्तिक २८ गतेदेखि नै ओमबहादुर सम्पर्कविहीन भएकाले त्यहि दिन हत्या भएको हुनसक्ने परिवारले आशंका गरेको छ ।

उनकी पत्नी नविनाका अनुसार श्रीमानसँगै एउटै कोठामा बस्दैआएका रोल्पा मिझिङ घर भएका गोपाल घर्ती क्षेत्रीसँग सामान्य विवाद भएकाले केही समयअघि भान्सा अलग गरेको ओमबहादुरले पहिल्यै परिवारलाई जानकारी दिएका थिए ।

पछि उनैले हत्या गरेको हुनसक्ने भन्दै नविनाले प्रहरीमा उजुरी दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *