‘ओमिक्रोन’बाट जोगाउन आवश्यक तयारी थाल्न सरकारलाई समितिको निर्देशन

काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार स्वास्थ्यमन्त्री विरोध खतिवडासहित सिंहदरवारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिकी सभापति जयपुरी घर्तीले यथाशीघ्र कोरोनाको खोप जनतासमक्ष पुर्‍याउनुपर्ने भन्दै मन्त्रालयलाई निर्देशन दिएकी छन् ।

उनले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *