राप्रपाको शपथ ग्रहण कार्यक्रममा थापा अनुपस्थित

काठमाडौँ । राप्रपाको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा अनुपस्थित भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा थापा अनुपस्थित भएका हुन् ।  अध्यक्षमा पराजित भएपछि आफ्नो पराजयमा पूर्वराजा ज्ञानेन्द्र शाहले ‘नाङ्गो हस्तक्षेप’ गरेको आरोप लगाएका थापा शपथ ग्रहण कार्यक्रममा अनुपस्थित भएका हुन् ।

कार्यक्रममा निवर्तमान अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने उपस्थित भएका छन् । राणाले थापालाई समर्थन गरेका थिए भने लोहनीले लिङ्देनलाई समर्थन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *