लिङ्देनलाई बधाई दिँदै निधिले भने – ‘राजनीतिमा पुस्तान्तरणको प्रक्रिया सुरु भयो’

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राजनीतिमा पुस्तान्तरणको प्रक्रिया सुरु भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिँदै उपसभापति निधिले यस्तो बताएका हुन् । उनले विधानको सफल कार्यान्वयनमा लिङ्देनको नेतृत्वको राप्रपाले सहयोग पुर्‍याउने विश्वास लिएको समेत बताए ।

निधिले भनेका छन्, ‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पुर्‍याउनेछ भन्ने मैले विश्वासका साथ सफल कार्यकालको कामना गर्दछु । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *