‘याक एन्ड यति’मा कमल थापा पक्षको भेला

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएपछि कमल थापा पक्षको भेला दरवारमार्गस्थित याक एन्ड यति होटलमा सुरु भएको छ । चुनावी परिणामको समीक्षा गर्न भन्दै थापा पक्षको भेला सुरु भएको हो ।

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापा पक्षका नेताहरू याक एण्ड यतिमा भेला भएका हुन् । अध्यक्षमा थापा पराजित भएपनि पदाधिकारीमा भने थापा समूहकै वर्चश्व रहेको छ । चुनावी परिणामपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोश पोखेका छन् । पराजित भएपछि कमल थापाले भने, ‘निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *