चेल्सीलाई पछि पार्दै म्यानचेस्टर शीर्ष स्थानमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी जारी सिजन पहिलो पटक शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वार्टफोर्डलाई ३-१ ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

रहिम स्ट्रलिङले खेलको चौथो मिनेटमानै फिल फोडेनको क्रसलाई आकर्षक हेड गर्दै पहिलो गोल गरे । खेलको सुरूवातमानै गोल गरेको सिटी पूरा अवधिभर वार्टफोर्ड माथि हाबी भयो । पहिलो हाफमानै अग्रता दोब्बर बनाउने क्रममा बर्नान्डो सिल्भाले खेलको ३१ औ मिनेटमा अग्रता दोब्बर बनाए । उनले दुई डिफेन्डर विट गर्दै आकर्षक गोल गरे । सिल्भालेनै व्यक्तिगत दोस्रो तथा टीमका लागि तेस्रो गोल गरेका थिए । ६३ औ मिनेटमा सिल्भाले वाल्करको पासलाई सदुपयोग गरेका थिए ।

वार्टफोर्डले भने ७४ औ मिनेटमा हर्नान्डेजको गोलबाट खेल्मा फर्कने प्रयास गरेपनि त्यसपछि दुवै टीमबाट कुनै गोल भएन । सिटीले लगातार पछिल्ला ७ खेलमा जित निकालेपछि प्रशिक्षक ग्वार्डिओलाले भने ‘हामी अविश्वसनीय रूपमा स्थिर छौँ । हामीले राम्रो खेल्यौँ तर धेरै अवसरहरू सिर्जना गर्‍यौँ ।’

प्रिमियर लिग अन्तर्गतको खेलमा शनिबार चेल्सी पराजित भएपछि सिटीले शीर्ष स्थानमा पुग्ने अवसर प्राप्त गर्‍यो । पराजित चेल्सी भने तेस्रो स्थानमा धकेलियो १५ खेलमा शीर्ष स्थानमा पुगेको सिटीले ३५ अंक बनाएको छ । भने लिभरपुल समान खेलबाट ३४ अंकका साथ दोस्रो ३३ अंकका साथ चेल्सी तेस्रो र २७ अंकका साथ वेस्टहयाम चौथो स्थानमा रहेको छ ।

शनिबार नै भएका अन्य खेलमा न्युक्यासलले बर्नलीलाई १-० ले पराजित गर्दा साउथहेम्टन ब्रिगटनसँग १-१ को बराबरीमा रोकियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *