पराजित भएपछि कमल थापाले भने- ‘निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् ।

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । साथै उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् ।

उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।,’ उनको भनाइ छ ।

उनले लेखेका छन्  ‍:-

प्रतिक्रिया

One thought on “पराजित भएपछि कमल थापाले भने- ‘निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’

  1. राजा राजा भन्नू हुन्थ्यो आज राजाले उत्तनो बनाइदिए ।
    उत्तानो पर्नुमा पनि तपाईंको अवसर बादी राजनीति अनि राजाको नाममा तपाइँको चलाखी, बिश्वास घात लगाएत मुख्य बिसय हुन हारको पछि ।
    तपाईंको राजनीति पनि देखेकै हो अब लिङ्देन को हेरौन ।
    नेतृत्व भनेको परिवर्तन हुन पर्छ ।
    अब त म नेपाली हु देशको लागि केही गर्छु भनेर लाग्नुस बाकी समय येत्रो बर्स कमाउनु भयो त अर्काको नाममा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *