वेस्टह्यामसँग चेल्सीको अप्रत्याशित हार

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा चेल्सी अप्रत्याशित हारको बेहोरेको छ। शनिबार बेलुका भएको खेलमा चेल्सी चौथो स्थानको वेस्टह्याम युनाईटेडसँग ३-२ ले पराजित भयो । उपाधि दाबेदारीमा अग्रता बनाउने चुनौतीमा रहेको चेल्सी पराजित भएसँगै दोस्रो स्थानको सिटीलाई फाइदा भएको छ।

चेल्सीको यो जारी लिगमा दोस्रो हार हो । यसअघि म्यानचेस्टर सिटीसँग चेल्सी १-० ले पराजित भएको थियो। प्रिमियर लिगमा चेल्सी १५ खेलबाट १० जित, ३ बराबरी र २ हार सहित ३३ अङ्कका साथ शीर्ष स्थानमा कायम छ। तर अब दोस्रो स्थानको सिटीले आफ्नो खेलमा वार्टफोर्डलाई पराजित गरेमा शीर्ष स्थानमा उक्लने छ।

वेस्टह्यामका लागि निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा अर्थर मसुअकुले गरेको गोल वेस्टह्यामका लागि निर्णायक बन्यो। खेलमा अग्रता भने चेल्सीले २८ औ मिनेटमा थिएगो सिल्भाको गोलबाट लिएको थियो। तर ४० औँ मिनेटमा लानजिनीले पेनाल्टी मार्फत वेस्टह्यामलाई बराबरीमा ल्याए । तर पहिलो हाफमा नै अग्रता बनाउने क्रममा मेसन मउन्टले पुनः चेल्सीलाई अग्रता दिलाएका थिए।

तर चेल्सीका लागि दोस्रो हाफ निराशाजनक रह्यो । जारोड बोवेनले ५६ औ मिनेटमा खेल बराबरीमा ल्याए। त्यसपछि थप प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीका लागि निराशाजनक क्षण भने आर्थर मासुअकुले खेल सकिन ३ मिनेट बाँकी हुँदा सिर्जना गरि दिए। ८७ औँ मिनेटमा एन्टोनियोको पासमा आर्थरले गोल गरेसँगै चौथो स्थानको वेस्टह्यामले  पाँचौँ स्थानको आर्सनलसँग अग्रता फराकिलो बनायो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *