राप्रपाको मतदान मध्यराति मात्र सकिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ  नेतृत्व चयनका लागि शनिबार मध्यरात सम्मै मतदान हुने भएको छ ।शनिबार दिउँसो १२ बजेबाट सुरु भएको मतदान मध्यरातिसम्म मात्र सकिने निर्वाचन समितिले जनाएको छ ।

बिहान भनेकै समयमा सुरु गर्न नसक्दा रातीसम्ममा मात्र सकिने देखिएको हो । साँझसम्म करिब २ हजार ८ सय मत खसेको समितिले जनाएको छ । राप्रपाको नयाँ अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानल बनाएरै प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *