भारतमा अहिलेसम्मकै कम रन !

काठमाडौँ। भारत र न्युजिल्यान्डबीच जारी दोस्रो टेस्टमा घरेलु टोली बलियो अवस्थामा पुगेको छ । पहिलो इनिङमा न्युजिल्यान्डलाई मात्र ६२ रनमा अलआउट गरेपछि दोस्रो दिन नै दोस्रो इनिङ थालेको भारतले राम्रो सुरुवात गरेको हो ।

दोस्रो दिनको खेल सकिँदा भारत विकेट नगुमाई ६९ रन बनाएको छ । समग्रमा भारतले ३३२ रनको अग्रता लिएको छ । भारत पहिलो इनिङमा ३२५ रनमा अलआउट भएको थियो ।

भारतमा अहिलेसम्मकै कम स्कोर

न्युजिल्यान्ड पहिलो इनिङमा मात्र ६२ रनमा अलआउट भयो । यो भारतीय भूमिमा कुनै पनि टिमले बनाएको अहिलेसम्मकै कम योगफल हो । १९८७ मा भारतमा वेस्ट इन्डिज ७५ रनमा समेटिएको थियो । यस्तै न्युजिल्यान्डले भारतसँग बनाएको यो सर्वाधिक कम स्कोर पनि हो।

न्युजिल्यान्डले सन् २००२ मा भारतसँग ९४ रन बनाएको थियो । समग्रमा भने यो छैटौँ कम स्कोर हो । किवी टिम इंग्ल्यान्ड र अस्ट्रेलियासँग दुई दुई पटक र दक्षिण अफ्रिकासँग एक पटक यो (६२) भन्दा कम स्कोरमा समेटिएको थियो । न्युजिल्यान्ड अक्लयान्डमा १९५५ मा इंग्ल्यान्डविरुद्ध केवल २६ रनमा समेटिएको थियो ।

जुन उसको इतिहासकै कम स्कोरका रूपमा रहेको छ । न्युजिल्यान्डलाई कमजोर बनाउन रविचन्द्रन आश्विनले ४, मोहमद्ध सिराजले ३, अक्षर पटेलले २ र जयन्त यादवले १ विकेट लिए । न्युजिल्यान्डका केवल २ खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाए।

केली जेमिसनले १७ र कप्तान टोम लाथमले १० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर छुन सकेनन् । त्यसअघि पहिलो इनिङमा भारतले मंयक अग्रवालको १५० र अक्षर पटेलले ५२ रनको सहयोगमा ३२५ रन बनाएको थियो ।

अजाजको १० विकेट

न्युजिल्यान्डले पहिलो इनिङमा लाजमर्दो प्रदर्शन गरेपनि उसका बलर अजाज पटेलले भने कीर्तिमान बनाए । भारतको मुम्बईमा जन्मिएका अजाजले जन्मभूमिमै आफ्नो जन्मदेश विरुद्ध एकै इनिङमा १० विकेट लिएर सनसनीपूर्ण प्रदर्शन गरे । पटेल ८ वर्षको हुँदा उनको परिवार न्युजिल्यान्ड बसाइँ सरेको थियो।

भारतमा यो उपलब्धि हासिल गर्ने उनी पहिलो विदेशी बलरका रूपमा रहे ।अजाजले ११९ रन दिएर १० विकेट लिए । भारतमा कुनै पनि स्पिनरको यो सर्वाधिक उच्च स्तरको प्रदर्शन हो । यसभन्दा अघि भारत विरुद्ध ज्याक नोरीगाले १९७१ नाममा एकै इनिङमा ९ विकेट लिएको कीर्तिमान थियो ।

नोरीगाले ९५ रन खर्चिएर ९ विकेट लिएका थिए। साथै कुनै पनि कीवि बलरले एकै टेस्ट इनिङमा गरेको यो सर्वश्रेष्ठ प्रदर्शन हो । सन् १९८५ मा रिकार्ड रिचर्ड हैडलीले अस्ट्रेलियासँग ५२ रन खर्चिएर ९ विकेट लिएका थिए । समग्रमा एकै इनिङमा १० विकेट लिने भने उनी तेस्रो खेलाडी हुन ।

यसअघि इंग्ल्यान्डका पूर्व बलर जिम लेकरले १९५६ र भारतका पूर्व कप्तान अनिल कुम्बलेले एकै इनिङमा १० विकेट लिएका थिए । अजाज भारतमा कुनै पनि टेस्टको पहिलो इनिङमा सर्वाधिक विकेट लिने न्युजिल्यान्डका स्पिनर बने ।

उनीअघि जीतन पटेलले २०१२ मा हैदराबाद टेस्टको पहिलो इनिङमा ४ विकेट लिएका थिए । त्यस्तै ड्यानियल भिटोरीले १९९९ र २०१० मा अहमदाबाद टेस्टको पहिलो इनिङमा ४९४ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *