संकटासँग मनाङको राेमाञ्चक बराबरी

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब हारनजिक पुगेर पनि जोगिएको छ । शनिबारको पहिलो खेलमा अन्तिम केही सेकेन्ड जोगिन नसक्दा संकटा २-२ गोलको बराबरीमा रोकियो ।

हार नजिक रहेको मनाङलाई अतिरिक्त समयको पनि अन्तिम केही सेकेन्डको खेल  बाँकी रहँदा फ्र्याङ्कलिन क्वेटेले गोल गर्दै बराबरी गरे । मनाङ दुई पटक खेलमा पछि परेर पनि खेलमा फर्किएको थियो ।

बराबरीपछि अपराजित मनाङको ३ खेलबाट ७ अंक भएको छ । संकटा र सात दोबाटोको पनि ७ अंक रहेको छ ।संकटाले लक्ष्मण रुचालको फ्रिकीक गोलमा ३२ औँ मिनेटमा अग्रता लियो । तर अग्रता लामो समय भने टिकेन ।

तीन मिनेट नबित्दै मनाङका पुजन उपरकोटीको फ्रिकीकलाई ओलावाला आफिजले आकर्षक ‘फ्लिप’ गर्दिए जसलाई दयानन्द सिंहले गोलमा परिणत गरे । त्यसपछि पनि दुवै टिमले गोलका सीमित अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन् ।

संकटाका लागि ७० औ मिनेटमा सब्सटिच्युट खेलाडी उत्तम राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि अन्तिम समयसम्म अग्रता बनाए पनि संकटा केही सेकेन्ड सम्हालिन नसक्दा मनाङसँग बराबरीमा चित बुझाउन बाध्य भयो ।

त्यसअघि ५० औँ मिनेटमा फोफनाले गरेको शक्तिशाली प्रहार गोलरक्षक विशाल सुनारले बचाएका थिए। ६१ औ मिनेटमा ओलावाले आफिजले गरेको प्रहार बाहिरिँदा मनाङ सम्भावित अग्रताबाट जोगियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *