सीता रानामगरले हङकङमा टी-२० क्रिकेट खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमकी उपकप्तान सीता राना मगरले हङकङ्मा आयोजना हुने महिला टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् । हङकङ्मा हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ का लागि उनी छनोट भएको क्विन्स इभेन्ट म्यानेजम्यान्टले जनाएको हो । यससँगै उनी विदेशी टी-२० प्रतियोगितामा सहभागिता जनाउने पहिलो नेपाली महिला खेलाडी समेत बन्नेछिन् ।

१ देखी १५ मेसम्म हुने यो प्रतियोगिता अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त महिला टी-२० क्रिकेट प्रतियोगिता भएको क्विन्स इभेन्ट म्यानेजम्यान्टले जनाएको छ ।

६ टोली सहभागी हुने प्रतियोगितामा विभिन्न देशबाट छनोट भएका महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिरलगायत विश्व चर्चित खेलाडीको सहभागिता रहनेछ।

यद्धपि सीताले कुन टीमबाट खेल्ने भन्ने तय भइनसकेको र उनले खेल्ने टिम आयोजकले नै तय गर्ने जनाइएको छ।

नेपाली राष्ट्रिय टीमकी उपकप्तान समेत रहेकी सीताले २००७ मा नेपाली राष्ट्रिय टीममा डेब्यु गरेकी हुन् । बाँकेबाट क्रिकेट करिअर सुरु गरेकी उनी नेपाली महिला टीमकी एक सफल खेलाडी हुन् ।

 क्विन्सले एजेन्सीका रुपमा काम गर्ने

नेपाली क्रिकेटमा टी-२० फ्रेन्चाइज पोखरा प्रिमियर लिगको आयोजना गर्दै आएको क्विन्स इभेन्ट म्यानेजम्यान्टले अन्तराष्ट्रियस्तरमा महिला खेलाडीको सम्बन्ध विस्तारमा भुमिका खेल्न सीतासँग एजेन्सीका रुपमा काम गर्ने सम्झौता गरेको छ ।

सिताको हङकङ्मा हुने प्रतियोगिताका लागि आवश्यक एजेन्सी सेवा अव क्विन्स इभेन्ट म्यानेजम्यान्टले गर्ने भएको छ । क्विन्सले सम्झौताका क्रममा आफ्नो र खेलाडीको मिहिनेतले सिताले हङकङ्मा खेल्ने अवसर पाएको बताएको छ ।

सम्झौता समारोहमा खेलकुद मन्त्री महेश्वर गहतराजले सीताको सहभागिताले आगामी पुस्ताका लागि पनि अवसर हुने बताए । उनले प्रतियोगितामा राम्रो प्रदर्शन गरेमा नेपाली अन्य महिला खेलाडीले समेत अवसर पाउने भएकाले सीतालाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *