मेन्छयायेम गाउँपालिकाको फुटबल टिम विजयी

तेह्रथुम । जिल्लाको म्याङलुङ्ग नगरपालिकामा -८ र सनराइज युवा क्लब कोबेकको संयुक्त आयोजनामा सञ्चालन भएको पुरुष फुटबल प्रतियोगितामा मेन्छयायेम गाउँपालिकाको फुटबल टोली विजयी भएको छ ।

मेन्छयायेम गाउँपालिकाको टोलीले म्याङलुङ्ग नगरस्तरको टीमलाई ३-० ले विजयी भएको हो । मेन्छयायेमको टोलीले प्रतियोगिताभर ८ गोल गरेको थियो भने प्रतिद्वन्द्वी टिमलाई कुनै पनि गोल गर्न दिएन । उपाधिसँगै मेन्छयायेम टिमले १०१००० रुपैयाँ प्राप्त गरेको छ ।

मेन्छयायेम गाउँपालिकाको फुटबल टिमले यसअघि फेदाप गाउँपालिकामा सञ्चालित खुल्ला पुरुष फुटबल प्रतियोगितामा पनि उपाधि चुमेको थियो । उक्त प्रतियोगितामा मेन्छयायेम टोलीले उपाधिसँगै १११००० रुपैयाँ प्राप्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *