आज सन् २०२१ को अन्तिम सूर्य ग्रहण, सूतक बार्नु नपर्ने

काठमाडौँ । आज सूर्य ग्रहण लाग्ने भएको छ । यो सूर्य ग्रहणलाई अङ्ग्रेजी वर्षको अन्तिम सूर्य ग्रहण मानिएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो सूर्य ग्रहण पृथ्वीको दक्षिणी गोलार्धका विभिन्न ठाउँबाट देखिने छ । तर, यो ग्रहण नेपालबाट देखिने छैन । नेपाल पृथ्वीको दक्षिणी गोलार्धमा नभएकाले यो सूर्य ग्रहण नेपालबाट नदेखिने भएको हो ।

जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँछ, तब सूर्य ग्रहण हुन्छ । चन्द्रमाले पृथ्वीबाट देखिने ग्रहणलाई पूर्णरुपमा वा आधा वा केही अंश मात्र पनि छोपेको हुनसक्छ । यो सूर्य ग्रहण अन्टार्टिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, दक्षिण अमेरिका, नामिबिया, चिली, न्युजिल्यान्ड तथा एटलान्टिकको दक्षिणी भागबाट देखिनेछ ।

सूतक बार्नु नपर्ने
यो ग्रहण नेपाली समयअनुसार बिहान ११:१५ मा प्रारम्भ भएर दिउँसो ३:२२ बजे समाप्त हुनेछ । पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार नेपालमा नदेखिने हुँदा यसको सूतक बारिरहनु पर्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *