मार्टिन्सको ह्याट्रिकसँगै सातदोबाटो शीर्षमा

काठमाडौँ । काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मार्टिन्स अजयीले ह्याट्रिक गरेपछि सातदोबाटो युथ क्लबले एपीएफ माथि ४-१ को प्रभावशाली जित निकालेको छ। यससँगै नवप्रवेशी सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लियो । लिगमा अपरजित सातदोबाटोको ३ खेलबाट ७ अंक भएको छ । लगातार तेस्रो हार ब्यहाेर्दै एपीएफ भने तालिकाको पुछारमा पुगेको छ ।

पहिलो हाफमा मार्टिन्स चम्किँदा अन्तिम समयमा सातदोबाटोले एपीएफविरुद्ध लगालग दुई गोल गर्‍यो । दोस्रो हाफमा सातदोबाटोले थप दुई गोल गर्‍यो भने १ गोल खाएको थियो । खेलमा सातदोबाटोले ४२औं मिनेटमा  मार्टिनको गोलमार्फत अग्रता बनाउन सफल भएको थियो ।

मानबहादुर तामाङको फ्रिकीक डिफेन्डरमा डिफ्लेक्ट भएपछि अनमार्क मार्टिन्ससमक्ष पुगेको बललाई उनले बायाँ बार च्याफ्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले पहिलो हाफको अतिरिक्त समयमा हेडरमार्फत आकर्षक  गोल गरे ।

दोस्रो हाफको सुरूवातमै एपीएफले आत्माघाती गोलमार्फत खेललाई २-१ को अवस्थामा ल्यायो । ४८औं मिनेटमा आशिष लामाको प्रहार विक्कि तामाङसँग डिफ्लेक्ट हुँदै आत्माघाती गोलमा परिणात भएको थियो।

तर, सातदोबाटो दोस्रो हाफमा झनै उत्कृष्ट लयमा देखियो । उसले ५०औं मिनेटमा तेस्रो गोल सम्भव बनायो । उसका लागि सुशिल राईले गोल थपे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका मार्टिन्सले ५८औं मिनेटमा ह्याट्रिक पूरा गर्दै टीमलाई ४-१ को अवस्थामा पुर्‍याउन सफल भए । मार्टिन्स जारी लिगमा ह्याट्रिक प्रहार गर्ने पहिलो खेलाडी समेत बने ।

त्यसअघि दुबै टीमले पहिलो हाफमा गोलका सुन्दर अवसर सिर्जना गरेका थिए । एपीएफका गोलरक्षक अमृत चौधरी १८ औ मिनेटमा घाइते भएर मैदानबाट बाहिरिएपछि उनलाई दिलकुमार योहाङ लिम्बुले पोस्ट सम्हालेका थिए ।

३०औं मिनेटमा एपीएफका विक्की तामाङको कर्नरलाई शनि श्रेष्ठले गरेको फ्रि हेडरले पोस्टको दिसा नलिँदा एपीएफले अग्रताको राम्रो मौका चुकायो । ३९‍औं मिनेटमा सातदोबाटोका मानबहादुर तामाङको फ्रिकीकमा मार्टिनेजले गरेको प्रहार गोलरक्षक लिम्बुले बचाए ।

उनले लगातार दुई प्रहारलाई बचाउँदै सातदोबाटोको सम्भावित अग्रता असफल पारे । तर मार्टिन्सले अन्तिम समयमा गोल गरे  । पहिलो हाफको अतिरिक्त समयमा एपीएफले सानदार बराबरीका मौका चुकाएको थियो । आभाष लामिछानेले गरेको उत्कृष्ट प्रहार गोलरक्षक अभिषेक बरालले बचाएका थिए ।

दोस्रो हाफमा सातदोबाटोले एपीएफमाथि दबाब दिएको थियो । एपीएफले भने सिमित अवसर चुकाउँदा गोल गर्न असफल भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *